सिनर्जी पावरले बोलायो साधारण सभा

सोमबार, ०८ पुस २०८१, १२ : ०६

काठमाडौं - सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले पुस २९ गते १८ औं वार्षिक साधारण सभा बोलाएको छ ।

पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ताज रिसेप्सन, बालुवाटार, काठमाडौंमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाका लागि गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय प्रस्ताव गरिएको छ । 

तेस्रो वर्ष कम्पनीले निरन्तर लाभांश वितरण गर्न सकेको छैन । यसअघि आर्थिक वर्ष २०७७\७८ मा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले त्यसपछिका तीन आर्थिक वर्ष लगानीकर्तालाई निराश बनाउँदै आएको छ ।

यस वर्षको साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

सोमबार, ०८ पुस २०८१, १२ : ०६

प्रतिक्रिया