काठमाडौं - आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।
संस्थाको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले आव २०८०\८१ सम्मको मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात संस्थाको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ । कम्पनीले पुस ७ गते लाभांशबारे निर्णय गरेर नेप्सेमा पुस ८ गते १२ः१३ बजे मात्र जानकारी गराएपछि नेप्सेले कम्पनीको कारोबार रोक्का गरेको हो ।
लाभांश बारे गरेको निर्णय सोहि दिन वा अर्को दिन बजार खुल्नु भन्दा अगाडी दिनु पर्ने ब्यबस्था छ । तर कम्पनीले सो नियम उल्लघन गरेपछि नेप्सेले कम्पनीलाई स्पष्टिकरण सोध्दै कारोबार रोक्का गरेको हो ।
प्रतिक्रिया