काठमाडौं - साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)२८.९१ अंकले बढेर २६१२.२० को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३२८ कम्पनीको ८९ लाख ८ हजार ८५१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४३ करोड २४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा १२ उपसूचक हरियाली भएको छ ।
यस दिन बजारमा बढोत्तरी आउँदा सपोर्ट माइक्रोफाइनान्स लघुवित्त, सुपरमादी हाइड्रोपावर, बाराही हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी जानकी फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १८ करोड ८४ लाख ६६ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको जोशी हाइड्रोपावरको ११ करोड ७६ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन मोलुङ हाइड्रोपावरको ११ करोड ३८ लाख ५ हजार रुपैंया, सपोर्ट माइक्रोफाइनान्सको ९ करोड ९२ लाख ६ हजार रुपैयाँ, रिभर फल्स पावरको ९ करोड ५१ लाख ८७ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया