महुली लघुवित्तको एफपीओमा मागभन्दा ४१.३५ गुणा बढी आवेदन

सोमबार, ०८ पुस २०८१, १७ : ५०

काठमाडौं - महुली लघुवित्तको एफपीओमा १ अर्ब ९६ करोड ६० लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएस एन्ड क्लियरिङका अनुसार कम्पनीको एफपीओमा आज पुस ८ गते साँझसम्ममा १३ लाख ८६ हजार २०३ जनाले १ करोड ९६ लाख ६० हजार ५३० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ४१.३५ गुणा बढी आवेदन हो ।

कम्पनीले पुस ५ गतेदेखि हाल कायम सर्वसाधारण समूहको हिस्सा १९.६८ प्रतिशतलाई, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत पुर्‍याउनका लागि एफपीओ निष्कासन गरेको हो।

लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७५ हजार ४४९।१५ कित्ता शेयर निष्कासन गर्न लागेको हो। सो शेयरका लागि लगानीकर्ताले छिटोमा पुस ९ गतेसम्म र ढिलोमा पुस १९ गतेसम्म आवेदन दिन सक्नेछन्। हाल लघुवित्तको चुक्ता पुँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ रहेको छ। एफपीओ निष्कासन पश्चात लघुवित्तको चुक्ता पुँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ पुग्नेछ।

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

 

 

सोमबार, ०८ पुस २०८१, १७ : ५०

प्रतिक्रिया