काठमाडौं - वर्णबास म्युजियम होटल लिमिटेडले साधारण शेयर जारी गर्ने प्रस्ताव सहित पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा कम्पनी कार्यालयमा बिहान ९ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेस गर्नेछ । साथै, आर्थिक वर्ष २०८०\८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८१\८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभाले नयाँ सञ्चालक नियुक्त गर्नेछ ।
प्रतिक्रिया