काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार चार कम्पनीको मूल्य समायोजन गरेको छ ।
नेप्सेले माउन्टेन इनर्जी नेपालको १५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६३३.२२ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार ७२८.२० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
कुथेली बुखरी स्मल हाइड्रोपावरको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता २ हजार ४६२.७३ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार २ हजार ७०९ रुपैंया आधारमा मूल्य समायोजन गरेको छ ।
आरएसडिसी लघुवित्तको ९.५० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६७३.०६ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार ७३७ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
मिथिला लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १ हजार ५०७.२२ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार १ हजार ७२२ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
यी चार वटै कम्पनीको सोही मूल्यको आधारमा बिहीबार सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रतिक्रिया