नेको इन्स्योरेन्सले पायो २५५ हकप्रद शेयर ल्याउने अनुमति, कित्ता कति ?

मंगलबार, ०९ पुस २०८१, १६ : ३५

काठमाडौं - नेपाल धितोपत्र बोर्डले नेको इन्स्योरेन्सलाई हकप्रद शेयर जारी गर्न आज अनुमति दिएको छ । 

यो सँगै अब कम्पनीले आफ्ना शेयर धनीहरूलाई हकप्रद शेयर जारी गर्नेछ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.२५ प्रतिशत अर्थात २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको छ। कम्पनीले कुल ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँको हकप्रद शेयर जारी गर्नेछ। 

जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर जारी गर्नेछ। कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० रुपैयाँ कायम गरेको छ। 

नेको इन्स्योरेन्सको हालको चुक्ता पुँजी २ अर्ब १ करोड रहेको छ। हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ।

मंगलबार, ०९ पुस २०८१, १६ : ३५

प्रतिक्रिया