माछापुच्छ्रे बैंकको  ८१ लाख कित्ता सेयर बिक्रीमा

बुधबार, १० पुस २०८१, ११ : ५८

काठमाडौं- माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले बैंककै संस्थापक सेयरधनीहरूको नाममा रहेको कुल ८१ लाख ३६ हजार ५२१ कित्ता सेयर बिक्रीमा राखेको हो । 

यो सेयर संस्थापक सेयरधनीले मात्रै किन्न पाउने व्यवस्था गरिएको छ । जसअनुसार ३५ दिनभित्र खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाएर माछापुच्छ्रे क्यापिटलमा निवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।

बुधबार, १० पुस २०८१, ११ : ५८

प्रतिक्रिया