गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत ‘कुन देवको सृष्टि हौ’ सार्वजनिक

विहीबार, ११ पुस २०८१, १३ : ०८

काठमाडौं- गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत ‘कुन देवको सृष्टि हौ’ सार्वजनिक भएको छ । गीत गायनमा समीक्षालाई बिन सुवेदीले साथ दिएका छन् ।

गीतकार तथा मोडल भुवन लोहनीको शब्द रहेको गीतमा क्रिसमस २०२४को अवसर सार्वजनिक गरिएको हो । गीतमा वसन्त सापकोटाले सङ्गीत दिएका छन् ।

गीतको भिडियोमा भुवन लोहनी र उषा उप्रेतीको अभिनय छ । प्रेम सम्बन्धलाई भिडियोमा कथानक रूपमा प्रस्तुत गरिएको छ । कुन देवको सृष्टि हौ ।।। को भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् ।

नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियो मनोज कार्कीले  सम्पादन गरेका हुन् । 

विहीबार, ११ पुस २०८१, १३ : ०८

प्रतिक्रिया