नेप्सेमा ४.१९ अंकको वृद्धि, यी कम्पनीको भयो सर्वाधिक कारोबार

विहीबार, ११ पुस २०८१, १५ : २१

काठमाडौं - साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.१९ अंकले बढेर २६३०.७१ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको ३१० कम्पनीको २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा चार उपसूचक हरियाली भएको छ ।

उक्त दिन बजारमा बढोत्तरी आउँदा आत्मनिर्भर लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स लघुवित्तको सेयरमा सकारात्मक सर्किट लाएको छ ।

सेयर बजारमा ४ अंकको वृद्धि, दुई लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट

सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन सबैभन्दा बढी प्रभु बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५० करोड ७७ लाख ८३ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको जानकी फाइनान्सको २२ करोड ३९ लाख २९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन सपोर्ट माइक्रोफाइनान्सको १५ करोड ३९ लाख २९ हजार रुपैंया, कुमारी बैंकको १४ करोड ८९ लाख ३८ हजार रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको १३ करोड ८२ लाख ८२ हजार रुपैयाँको कारोबार भएको हो ।

विहीबार, ११ पुस २०८१, १५ : २१

प्रतिक्रिया