काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सर्वोतम सिमेन्ट र ग्रीन भेन्चर्स लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।
सर्वोतम सिमेन्ट लिमिटेडको ७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ७६४।७० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ७१४.६७ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, ग्रीन भेन्चर्स लिमिटेडको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ५६१।५० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ५१०.४५ रुपैयाँ कायम भएको छ ।
योसँगै, अब आइतबार समायोजित मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ ।
प्रतिक्रिया