गायक सोनु निगम भारत फर्किए

विहीबार, ११ पुस २०८१, १६ : ४३

काठमाडौं - भारतीय चर्चित गायक सोनु निगम भारत फर्किएका छन् । बिहीबार मध्यान्न त्रिभुवन विमानस्थल हुँदै उनी भारत उडेका हुन् । 

त्यसअघि उनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेका थिए । क्रिसमसको अवसर पारेर होटल हायतमा आयोजना भएको ‘सोनु निगम लाइभ इन नेपाल’ सांगीतिक कार्यक्रममा लागि बुधवार मध्यान्न उनी काठमाडौँ आएका थिए । 

साँझको ७ बजेर ३ मिनेटमा स्टेज चढेका सोनुले नेपाली फिल्म ‘भीष्म प्रतिज्ञा’मा समावेश ‘उकाली ओराली गर्दै’ गीतबाट आफ्नो सांगीतिक प्रस्तुति अगाडि बढाएका थिए ।

करिब ३ घण्टा काठमाडौंलाई झुमाएका उनले प्रस्तुतिका क्रममा ‘सुरज हुवा मधम’, ‘साथिया’, ‘दिल दिवाना’, ‘देखा तुमको जबसे’, ‘दिल डुबा’, ‘कल होना हो’, ‘अभि मुझ्मे कही’, ‘पापा मेरी जान’लगायत गीत गाएका थिए ।  ‘सोनु निगम लाइभ इन नेपाल’ कार्यक्रम नेपाल टचले आयोजना गरेको थियो । 

विहीबार, ११ पुस २०८१, १६ : ४३

प्रतिक्रिया