युनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

शुक्रबार, १२ पुस २०८१, १० : ०४

काठमाडौं- युनाइटेड अजोड इन्स्योरेन्सको ४ लाख बढी कित्ता शेय बिक्रीमा राखिएको छ।

युनाइटेड अजोड इन्स्योरेन्सको कुल ४ लाख ७ हजार १८२ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। जसमा संस्थापक शेयरधनीहरु आईजे ग्रुपको नाममा रहेको ३ लाख ७४ हजार ४५ कित्ता र राधेश्याम अग्रवालको नाममा रहेको ३३ हजार १३७ कित्ता रहेका छन्।

आईजेड ग्रुपले बिक्रीमा राखेको युनाइटेड अजोडको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२५ रुपैयाँ र अग्रवालले बिक्रीमा राखेको शेयरको प्रतिकित्ता २७५ रुपैयाँ तोकिएको छ। यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद निवेदन दिन सक्नेछन्।

शेयर खरिद निवेदन पेस गर्न ३५ दिनको समय दिइएको छ। इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा रहेको कम्पनीको प्रधान कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

तीन सय ५५ रुपैयाँ १२ पैसा, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

शुक्रबार, १२ पुस २०८१, १० : ०४

प्रतिक्रिया