आईपीओ निष्कासन गर्न स्वर्णिम होटलले बोलायो साधारण सभा

शुक्रबार, १२ पुस २०८१, १३ : ४१

काठमाडौं - स्वर्णिम होटल लिमिटेडले आइपीओ प्रस्ताव सहित पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सभा कम्पनीको रजिस्टर्ड कार्यालयमा दिउँसो १ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेस गर्नुका साथै आर्थिक वर्ष २०८०\८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुने जनाएको छ  । 

यस्तै, सभाले आर्थिक वर्ष २०८१\८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । 

 

 

 

शुक्रबार, १२ पुस २०८१, १३ : ४१

प्रतिक्रिया