बबिना भट्टराईको स्वर तथा संगीतमा प्रेमिल गीत 'घामको झुल्को' सार्वजानिक (भिडियो)

शनिबार, १३ पुस २०८१, ११ : ३९

काठमाडौं -  बबिना भट्टराईको अफिसियल युट्व च्यानल र इमेज एफ.एम. ९७.९ को प्रस्तुति ‘मेची देखि महाकाली सम्म’ बाट एक साथ सार्वजानिक भएको गीत ‘घामको झुल्को’ पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बविना भट्टराईको स्वर तथा संगीत एवं किरण उप्रेतीको शब्दमा सार्वजनिक भएको छ । 

उक्त गीतको एरेन्ज रुविन कुमार श्रेष्ठले गरेका छन् भने  मिक्सिङ र मास्टरिङ प्रकाश मिश्रको रहेको छ । गीत अकष्टिक नेपालको स्टुडियो, नक्सालमा दिल समर्पण र राजाबाबु थारु ले रेकर्डिङ गरेका हुन् ।  गीतको भिडियोमा गायिका तथा संगीतकार बबिना भट्टराई लाई फरक भेष भूषा एवं गीतको भाव सुहाउँदो अभिनयमा देख्न पाइन्छ । भिडियो जस्केलो क्रियशनको परिकल्पना र निर्देशनमा तयार भएको हो । गीतको भिडियोमा बबिना सँगै अञ्जना दुलाल, सानुमाया तामाङ, विन्दु तामाङ र सम्झना तामाङ लाई नृत्यमा देख्न सकिन्छ,  कलाकारलाई कविता तोलाङ्गीले आफ्‌नो श्रृङ्गार कलाले सिंगारेकी छिन् ।

चर्चित गायिका शर्मिला बर्देवाले इमेज एफ.एम. ९७.९ मा प्रस्तोता हरिराम पौडेल सँग ‘घामको झुल्को’ को विशेष चर्चामा गायिका तथा संगीतकार बबिना भट्टराई नेपाली संगीतको क्षेत्रमा एक क्षमतावान र मेहनती संगीतकर्मी भएको बताउँदै ‘घामको झुल्को’ बोलको प्रेमिल गीतमा उनको स्वर तथा संगीत बेजोड मिश्रणले गीतकार किरण उप्रेतीका प्रेमिल शब्दलहरलाई जीवन्त बनाएको बताएकी छिन्, बबिनाको संगीत यात्रालाई नियाल्दै उनले भनिन् ‘बबिना भट्टराई साधनामा तल्लिन, मेहनती, आफ्‌नो काममा अत्यन्त लगनशील र भावमा डुबेर गाउन सक्न खुबी भएकी  गायिका र संगीतकारका साथसाथै उनी बहुमुखी प्रतिभा कि धनी हुन् । उनको सांगितिक भविष्य उज्ज्वल रहेको छ, उनको संगीत यात्राको सफलताको लागि शुभकामना व्यक्त गर्दछु ।’

कवि, गीतकार तथा गजलकार उत्तम विचार ले हेमन्तको चिसोमा न्यानो ‘घामको झुल्को’ देख्न पाउनु नै अहोभाग्य भएको बिम्बात्मक प्रतिक्रिया दिएका छन् । उनी लेख्छन् ‘सुन्दर गीत, सुमधुर संगीत, कालजयी स्वर लहरी, बेजोड अभिनय । मायामा समर्पित फूलको कोमल थुङ्गाका लागि हार्दिक बधाई अनि शुभकामना सिङ्गो टिमलाई ।’

केही समय अघि बबिना भट्टराईको स्वर तथा संगीतमा आफ्‌नै शब्दको यस्तै प्रेमिल भावको गीत ‘सपनीमा’ सार्वजनिक गरेका कवि एवं साहित्यकार रामबाबु दाहालले कर्णप्रिय स्वरलहरीमा भाव गाम्भीर्यता रहेको गीत ‘घामको झुल्को’को अपार सफलताको मंगल कामना गरेका छन् ।

गायिका तथा संगीतकार बबिना भट्टराईले ‘घामको झुल्को’ निकै नै प्रेमिल गीत भएको, यो गीतले सबै प्रेमिल मनहरुलाई समेट्ने विश्वास लिएको बताउँदै गीतलाई सबै प्रेमिल मनहरुले मन पराइ दिने अपेक्षा राखेकी छिन्, उनले गीत सुनेर तथा हेरेर गीतको बारेमा आफ्‌नो अमुल्य सल्लाह,सुझाव दिन पनि आफ्‌ना दर्शक तथा श्रोताहरूलाई अनुरोध गरेकी छिन् भने यस गीतको श्रृजनामा जोडिने सम्पूर्ण टिम प्रति आभार व्यक्त गरेकी छिन् ।

‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी‘।’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी  छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् ।

संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रूपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ।।हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्,  श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्‌नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् ।

भर्खरै नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो ‘चारु’ मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आफूलाई पहिलो ‘चारु’ गायिका तथा संगीतकारको रूपमा स्थापित गरेकी छिन् ।

शनिबार, १३ पुस २०८१, ११ : ३९

प्रतिक्रिया