सानुमाया मनैमा बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक

आइतबार, १४ पुस २०८१, १२ : २५

काठमाडौं- 'सानुमाया मनैमा ' बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक गरिएको छ। 

यसमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर छ। भिडिओमा अभिनेत्री मिरूना मगरसहित दीपक रसाइली र प्रेम सुब्बाले अभिनय गरेका छन्।

राम अविरल विष्टको शब्द रहेको गीतमा रिकेश गुरूङको संगीत उत्पादन, एसडी योगीको संगीत निर्देशन छ। भिजुअल आर्टस् स्टुडिओ र टौवा स्टुडिओको सहकार्यमा ‘सानुमाया’ निर्माण भएको हो। 

विवेक रसाइलीको लेखन तथा निर्देशनमा बनेको भिडिओले भुटानी नेपाली समुदायको सांस्कृतिक पृष्ठभूमिमा आधारित प्रेमकथामार्फत पहिचान, संघर्ष र प्रेमका गहिरा भावनाहरूलाई प्रस्तुत गरेको छ।

मिरूना मगरले भुटानी नेपाली समुदायकी एक महिलाको भूमिका निर्वाह गरेकी छिन्, जो आफ्नो करियर र आफ्नो प्रेमबीच छनोट गर्नुपर्ने अवस्थामा छन्। उनको पात्रले पहिचानको अभावले ल्याउने सामाजिक दबाब र व्यक्तिगत द्वन्द्वलाई जीवन्त रूपमा पर्दामा उतारेको छ।

अर्जुन रसाईली र मणिराज रसाईली निर्माता रहेको भिडिओमा विजय बस्याल कार्यकारी निर्माता, रेजोन थापा मुख्य सहायक निर्देशक र उज्ज्वल जोशी छायाँकार हुन्। भूपेन्द्र अधिकारीले भिडिओ सम्पादन गरेका छन्। 

भिजुअल आर्टस् स्टुडिओको आधिकारिक युट्युब च्यानलमार्फत सानुमाया सार्वजनिक गरिएको छ।

आइतबार, १४ पुस २०८१, १२ : २५

प्रतिक्रिया