काठमाडौं - फिल्म ‘कार्साङ’ को ‘सात भन्ज्याङ’ बोलको गीत सार्वजनिक गरेको भएको छ।
डीपी खनालको शब्द रचना रहेको गीतमा एसडी योगीको संगीत छ । गीतमा एडी योडी र रेश्मा पुन मगरको स्वर सुन्न सकिन्छ। रिकेश गुरुङले एरेन्ज गरेका हुन्।
सार्वजनिक भिडिओमा चलचित्रका मुख्य कलाकारद्वय दयाहाङ राई र सिर्जना निङलेखुको अभिनय देख्न सकिन्छ।गीतमा दयाहाङ र सिर्जनाको प्रेम देखाइएको छ । प्रेम, त्यसका सम्झना, सँगै जिउने रहर र त्यसका लागि दुई पात्रको योजनामा गीत केन्द्रित छ।
चलचित्र ‘कार्साङ’मा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ। सिर्जना निङलेखुको यो डेब्यु चलचित्र हो।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन्। सह–निर्मातामा गोविन्द बोहरा छन्।
प्रतिक्रिया