आइपीओ निष्कासन गर्दै कैलाश हेलिकप्टर सर्भिसेस

आइतबार, १४ पुस २०८१, १३ : १३

काठमाडौं - कैलाश हेलिकप्टर सर्भिसेसले प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ । 

कम्पनीको पुस ७ गते बसेको सञ्चालक समिति बैठकले प्रिमियम मूल्यमा सर्वसाधारणलाई शेयर निष्कासन जारी गर्ने निर्णय गरेको हो । साथै बैठकले आर्थिक वर्ष २०८०।८१ को लागि चुक्ता पुँजीको करसहित २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । 

यस्तै, लाभांश र आईपीओ प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते दोस्रो वार्षिक साधारण सभा साढे ३ बजे बोलाएको छ ।

आइतबार, १४ पुस २०८१, १३ : १३

प्रतिक्रिया