काठमाडौं - साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.१२ अंकले घटेर २६०९.५८ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३१६ कम्पनीको १ करोड १० लाख ९९ हजार २३९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा दश उपसूचक हरियाली राताम्मै भएको छ ।
यस दिन बजारमा गिरावट आउँदा सपोर्ट माइक्रोफाइनान्स लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स कम्पनी, सिन्धु विकास बैंकको सेयरमा नकरात्मक सर्किट लाएको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी प्रभु बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २६ करोड १० लाख ८२ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको जानकी फाइनान्सको १६ करोड ९ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड ३४ लाख ७८ हजार रुपैंया, एनएलजी इन्स्योरेन्सको १२ करोड १३ लाख २२ हजार रुपैयाँ, रिभर फल्स पावरको ११ करोड १८ लाख ३८ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया