काठमाडौंं - आगामी माघ २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको हरर फिल्म ‘ममी’को टिजर सार्वजनिक गरिएको छ।
हरर जनरामा निर्माण भएको फिल्मको टिजरले कथावस्तु प्रस्ट्याउन खोजेको छ । आगामी माघ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा प्रियंकाको अलवा दीया मास्के, सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारको अभिनय छ ।
ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्ममा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन छ । समरको यो डेब्यु फिल्म हो ।
लोकराज जोशी, पूर्णिमा जोशी निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा सुमन कोइराला हुन् । फिल्म काठमाडौँ उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रिव्युसनले वितरण गर्दै छन् ।
प्रतिक्रिया