काठमाडौं - बर्दिबास, महोत्तरीमा उत्कृष्ट आतिथ्य र आनन्ददायी वातावरणको लागि प्रख्यात होटल गुञ्जले आउँदै गरेको अंग्रेजी नयाँ वर्षको अवसर पारेर विशेष कार्यक्रम आयोजना गर्दै छ ।
रमाइलो वातावरण स्वादिलो परिकारहरूको साथ चर्चित कलाकारहरूको प्रस्तुति रहने यस नयाँ वर्ष विशेष कार्यक्रम २०२४ डिसेम्बर ३१ मंगलबारदेखि २०२५ जनवरी १ बुधवारसम्म २ दिनको लागि हुने होटल गुञ्जले जानकारी दिएको छ ।
होटल गुञ्जको जानकारी अनुसार न्यु ईयर ईभ र न्यु ईयरको दिनमा “समुन्द्र ब्यान्ड” र “द हाईम्स ब्याण्ड” को संयुक्त लाईभ म्युजिकको प्रस्तुति रहने छ । साथै डिजेहरुको प्रस्तुति, बार्बेक्यु नाईट र बिभिन्न आतसबाजी लगायतको कार्यक्रम पनि रहेको छ ।
कार्यक्रमको बारेमा बोल्दै होटल गुन्जका म्यानेजर सुशांत कार्कीले भने, “हाम्रा अतिथिहरूको यो नयाँ वर्ष वास्तवमै अविस्मरणीय रहोस् भन्नको लागि हामीले विविध प्रतिभाशाली व्यक्तित्वहरूको साथ मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेका छौँ । हामीलाई विश्वास छ कि संगीत, स्ट्यान्ड–अप कमेडी र अन्य थुप्रै मनोरञ्जनात्मक गतिविधिहरूको साथ हाम्रा अतिथिहरूको नयाँ वर्ष साँच्चिकै नै रमाइलो हुनेछ । त्यसैले आफ्नो परिवार र साथीभाइहरू सँग नयाँ वर्ष विशेष बनाउनको लागि अहिले नै सिट बुक गर्न सक्नुहुनेछ ।”
यस नयाँ वर्ष उत्सवमा सामेल हुन चाहनेहरूको लागि प्रवेश निःशुल्क रहेको छ ।
प्रतिक्रिया