काठमाडौं - फिल्म ‘रंगी’ को टिजर सार्वजनिक भएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको एक मिनेट ३५ सेकेण्डको टिजरमा फिल्मका मुख्य कलाकार सलोन बस्नेत र आयुषी ढकाल वरपर घुमेको छ ।
टिजरमा छोरी आयुषी र बाबु सलोनको प्रेम, छोरीका लागि सलोनको संघर्ष देखाइएको छ । टिजर खुसी, रोदन र पीडा मिश्रित छ । टिजरमा कारले हिर्काएर घाइते भएकी छोरीलाई हातमा बोकेर सलोन चिच्याएको दृश्य निकै कारुणिक छ ।
टिजरमा फिल्मकी अर्की प्रमुख कलाकार नम्रता श्रेष्ठको सलोनसँगको निकटता देखाइएको छ । फागुन २ गते रिलिज हुने सुरेश न्यौपानेले निर्देशन गरेका हुन् ।फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । बाबुछोरीको कथा भन्ने फिल्म सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनीश गौतमले निर्माण गरेका हुन् ।
फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायाङ्कन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी छ ।
प्रतिक्रिया