काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव सक्रिय छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, मध्य र पश्चिम तराईका केही स्थानमा बिहान हुस्सु लागेको छ, भने देशका बाँकी भागमा मौसम प्रायः सफा छ।
दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको छ। तर, पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतः सफा नै रहने अनुमान गरिएको छ।
राति देशभर मौसम सामान्य र सफा रहने सम्भावना छ।
तराई र उपत्यकाका केही स्थानमा बिहान हुस्सु लाग्न सक्ने तथा तराईका केही क्षेत्रमा कुहिरोको पनि सम्भावना रहेको छ। यसले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात, र हवाई उड्डयनमा असर पर्न सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रतिक्रिया