पत्रकार महासंघ उपत्यका प्रदेश समितिका कोषाध्यक्ष संजीप घिमिरेद्वारा पदभार ग्रहण

बुधबार, १७ पुस २०८१, ११ : ४१

काठमाडौं-नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे (शुभचिन्तक)ले पदभार ग्रहण गरेका छन्। ७ पुसमा भएको पद हस्तान्तरण कार्यक्रममा काम विशेषले अनुपस्थित रहेका घिमिरेले मंगलवार अनामनगरस्थित कार्यालयमा पदभार शुरु गरेका हुन् ।

महासंघ केन्द्रीय सदस्य एवं निवर्तमान प्रदेश कोषाध्यक्ष अर्जुन पन्तले उनलाई कोष हस्तान्तरण गरेका छन् । सो अवसरमा उनले कोषाध्यक्ष लेखा राख्ने पद मात्र नभई कोष वृद्धिको जिम्मेवारी बहन गर्ने बताए । पत्रकार कल्याणकारी कोषको ब्यवस्थापनमा आफ्नो अर्जुन दृष्टि रहने प्रतिबद्धता प्रकट गर्दै घिमिरेले कोषाध्यक्ष पदको गरिमा बढाउने गरी मतदाताले दिएको जिम्मेवारी पूरा गर्ने प्रण गरे । उनी यस अघि महासंघ जिल्ला शाखा भक्तपुरको सचिव रहेका थिए ।

पद हस्तान्तरण कार्यक्रममा प्रदेश समितिका अध्यक्ष टेनिस रोका र महासंघका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले घिमिरेले अघि सार्ने प्रदेशको कोष वृद्धि र पत्रकार कल्याणकारी योजनामा आफूहरुको पूर्ण साथ र सहयोग रहने बताएका थिए ।

बुधबार, १७ पुस २०८१, ११ : ४१

प्रतिक्रिया