‘एक्टर’ फिल्मको दोस्रो गीत सार्वजनिक

बुधबार, १७ पुस २०८१, १२ : ४९

काठमाडौं-  ‘एक्टर’ आगामी ४ माघबाट देशभर प्रदर्शनमा आउने फिल्मको हो । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा दोस्रो रोमान्टिक गीत ‘घर त तिम्रो काठमाडौँ, मेरो पोखरा’ सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गीतमा प्रिन्स थापा र शिवानी गिरीको अभिनय छ । 

रामचन्द्र काफ्ले र रश्मि उपाध्यायको स्वर रहेको गीतमा संगीत सम्राट थापाले दिएका छन् । प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन कथावस्तु रहेको फिल्मका निर्माता मनोहरी थापा हुन् ।

फिल्ममा प्रिन्स थापा, शिवानी गिरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, महेन्द्र मैनाली, शिबु शाह, निशा केसी भण्डारी लगायतका कलाकारको अभिनय छ ।

मदन घिमिरेको निर्देशन रहेको फिल्म नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । सबस्टेसन निर्माण ठेक्का पाएको कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि ठेक्का तोडी २०७७ पुसमा चाइना मेसेनरी इन्जिनियरिङ कर्पोरेसनसँग नयाँ ठेक्का सम्झौता गरी बाँकी निर्माण अगाडि बढाइएको थियो । दुवै सबस्टेसनको अनुमानित लागत करिब सवा दुई अर्ब रुपैयाँ रहेको आयोजना प्रमुख लक्ष्मण फुँयालले उल्लेख गरे ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र नर्वे सरकारको अनुदान तथा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन आयोजना सुरु गरिएको थियो ।

बुधबार, १७ पुस २०८१, १२ : ४९

प्रतिक्रिया