काठमाडौं - नेकपा एमालेको कारबाहीमा परेमा नेता डा. भीम रावलले आफूमाथि प्रतिशोध साँधेर सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निस्काशन गरेको आरोप लगाएका छन् । पार्टीबाट निष्कासनमा परेपछि बुधबार पहिलोपटक पत्रकार सम्मेलन आयोजना गर्दै रावलले ओलीलाई विभिन्न प्रश्न गरेका छन् ।
नेता रावलले महाधिवेशनमा आफूले अध्यक्षको उम्मेदवारी दिँदैगर्दा ४९ वर्षसम्मको आफ्नो सदस्यता खोस्ने काम भएको, स्वेच्छाकारी ढंगबाट पार्टी चलाएको, निरंकुश बन्दै गएको लगायतका आरोप लगाउँदै प्रश्नहरूको जवाफ मागेका छन् । साथै उनले ती प्रश्नहरूको जवाफ दिन नसके आगामी निर्वाचनमा एमाले ‘पतन’ हुने दाबी गरेका छन् ।
‘‘अतः देशभक्ति, लोकतान्त्रिक, न्यायप्रेमी जनताको तर्फबाट देश र जनताको हितका लागि उठाइएका विविध विषयमा उठाइएका प्रश्नहरूको तपाईं केपी ओलीले जवाफ दिनैपर्छ । अन्यथा तपाईंले भन्दै आउनुभएको ‘मिसन ०८४, मिसन पतन’ सावित हुनेछ,’ रावलले भने ।
प्रतिक्रिया