काठमाडौं- दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०८१ काठमाडौंमा सुरु भएको छ । भृकुटीमण्डपमा आयोजित प्रदर्शनी पुस २१ गतेसम्म चल्ने छ ।
पुस्तक प्रदर्शनीमा पुस्तक र शैक्षिक सामग्रीका १ सय ५० स्टल रहेका छन् । पठन संस्कृतिको विकास र पठन शैलीको निरन्तरताका लागि भन्दै आयोजित प्रदर्शनीका लागि चीन, भारत, जिम्बाबे, थाइल्याण्ड, श्रीलंका, क्यानडा, बंगलादेश लगायत १३ देशका प्रकाशक काठमाडौंमा आएका नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरले संयुक्तरुपमा आयोजना गरेको प्रदर्शनी आजदेखि २१ गतेसम्म साँझ ५ बजेसम्म जारी रहने छ ।
प्रतिक्रिया