सन्नीको ‘पासवर्ड’ २७ भदौमा

शुक्रबार, १७ जेठ २०७६, १२ : १५

चलचित्र ‘पासवर्ड’ को प्रदर्शन मिति तय भएको छ । निर्माण टिमले आगामी २७ भदौमा चलचित्र प्रदर्शन गर्ने तयारी गरेको हो ।

एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको चलचित्रमा बलिउड अभिनेत्री सन्नी लियोनले समेत एक गीतमा अभिनय गरेकी छन् ।

सम्राट बस्नेत निर्देशित यस चलचित्रमा विक्रम जोशी, अनुपविक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रवीन्द्र झा, प्रवीण खतिवडा, लिसा सुनारलगायत कलाकारको अभिनय छ ।

नेपाल र यूकेमा चलचित्र छायांकन गरिएको छ । विक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले चलचित्र निर्माण गरेका हुन् ।

एक्सन थ्रिलर जनरामा निर्माण भएको यस चलचित्रमा सौरभ लामाको छायांकन र अर्जुन जीसीको सम्पादन छ ।

शुक्रबार, १७ जेठ २०७६, १२ : १५

प्रतिक्रिया