काठमाडौं - दीपक रौनियारको निर्देशन रहेको फिल्म फिल्म 'पूजा सरः राजागंज' को पोस्टर सार्वजनिक गरिएको छ।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, आशा मगराती, विजय बराल र निकिता चाण्डक अटाएका छन् । पोस्टरमा दयाहाङ प्रहरी एसपीको पोसाकमा देखिएका छन् । कुनै घटनाका लागि तयार रहेको प्रहरी टोलीजस्तो देखिएको छ ।
फिल्मलाई पुलिस थ्रिलरको जनरा भनिएको छ । फिल्ममा ऋचा शर्मा, पशुपति राई, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल तथा पुष्पा यादव लगायतको अभिनय पनि देख्न सकिन्छ । फिल्म आगामी चैत १ गतेदेखि प्रदर्शनमा आउनेछ।
प्रतिक्रिया