राज्य व्यवस्था तथा सुशासन समितिको बैठक

निजामतीमा सेवा प्रवेश ३२ वर्ष र अनिवार्य अवकाश ६० वर्ष कायम गर्ने प्रस्ताव

शुक्रबार, १९ पुस २०८१, १३ : ३९

काठमाडौं- लोकसेवा आयोगले निजामतीमा सेवा प्रवेश ३२ वर्ष कायम गर्ने प्रस्ताव गरेको छ ।  

शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आयोगका अध्यक्ष माधव रेग्मीले अनिवार्य अवकाश ६० वर्ष कायम गर्ने प्रस्ताव समेत गरे । 

उनको लिखित प्रस्तावमा महिलाका लागि ३७ वर्षको सीमा राख्ने प्रस्ताव गरिएको छ भने समावेशीतर्फ आउने अपाङ्गता लगायतका लागि पनि ३७ वर्ष नै राख्ने उल्लेख छ । 

शुक्रबार, १९ पुस २०८१, १३ : ३९

प्रतिक्रिया