विवाह बन्धनमा बाँधिए क्रिकेटर आरिफ र आशिफ

शनिबार, २० पुस २०८१, १६ : २३

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेटर आरिफ शेख र आशिफ शेख विवाह बन्धनमा बाँधिएका छन्  ।

वीरगन्जका शेख दाजुभाइले बिहीबार र शुक्रवार विवाह गरेका हुन् । २७ वर्षीय आरिफले बिहीबार स्थानीय सवाना खातुनसँग र २३ वर्षीय आसिफले शुक्रवार वीरगन्जकी आरजु अन्सारीसँग लगनगाँठो कसेका हुन्  । 

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर आसिफ शेख पनि वैवाहिक बन्धनमा बाँधिएका छन् । आरिफ र आसिफ दुवैले मागी विवाह गरेका हुन् । आरिफ राष्ट्रिय टोलीका अलराउन्डर हुन् भने आसिफ विकेट किपर तथा ओपनर ब्याट्सम्यान हुन् ।

शनिबार, २० पुस २०८१, १६ : २३

प्रतिक्रिया