चर्चित सांगितिक ब्यान्ड कन्दराले मनायो ३२ औँ वार्षिकोत्सव

आइतबार, २१ पुस २०८१, १७ : २०

काठमाडौं - चर्चित सांगितिक ब्यान्ड कन्दराले आफ्नो ३२ औँ वार्षिकोत्सव मनाएको छ । 

कन्दराले आइतबार लण्डनमा आफ्नो ३२ औँ वार्षिकोत्सव मनाएको हो । सो अवसरमा लन्डस्थित टु अरेनामा भव्य सांगितिक कार्यक्रमको आयोजना गरिएको थियो । सांगितिक कार्यक्रममा ३ हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको कन्दराले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएको छ । 

 

आइतबार, २१ पुस २०८१, १७ : २०

प्रतिक्रिया