अभिनेत्री प्रियंका कार्की केही दिनयता आलोचना खेपिरहेकी छन् । प्रियंकाले आफू कान्स फिल्म फेस्टिभलमा सहभागी हुने पहिलो नेपाली कलाकार भन्दै फेसबुकमा स्टाट्ससमेत लेखिन् । तर, अहिले समाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ ।
हाल उनी कान्स फिल्म फेस्टिभलमा सहभागी भएर नेपाल फर्केकी छन् । प्रियंकाले फ्रान्सको पेरिस सहरको एफिल टावरअगाडि बसेको तीन फोटो इस्टाग्रामा सेयर गरेकी छन् ।
प्रियंकाले फोटो सँगै लेखेकी छन्, ‘म हाँसिरहेकी छु । मैले बुझें शक्तिशाली हुनु भनेको बुलेट प्रुफ हुनु हैन । अरूले हानेको गोलीहरुबाट बच्नु र जसले गोलीहरु हान्छन्, उनीहरुलाई माफी गर्नु हो । उनीहरुका मनको शन्तिका लागि हैन कि आफ्नै खुसीका लागि ।’
प्रतिक्रिया