नेशनल बैंकिङ इन्स्टिच्युटमा भारी संख्यामा कर्मचारी माग

सोमबार, २२ पुस २०८१, ११ : ५१

काठमाडौं- नेशनल बैंकिङ इन्स्टिच्युट इन्सिच्युट लिमिटेडले ठूलो संख्यामा रोजगारको अवसर खुलाएको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै जुनियर ट्रेनी एसिस्टेन्ट पदमा ५० जना कर्मचारी माग गरेको हो ।

उक्त पदमा आवेदन दिनको लागि १२ कक्षामा ५० प्रतिशतत भन्दा बढी अंकले ल्याएर उतिर्ण गरेको हुनुपर्ने छ । यस पदमा आवेदन दिनको लागि कुनै पनि प्रकारको अनुभव आवश्यक नरहेको संस्थाले जनाएको छ ।

इच्छुक उम्मेदवारले पुष २६ गतेभित्र आवश्यक कागजात तयार गरी संस्थाको आधिकारीक वेबसाइट मार्फत आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

सोमबार, २२ पुस २०८१, ११ : ५१

प्रतिक्रिया