डल्फिन नेट कम्युनिकेसनको लाइसेन्स खारेज

सोमबार, २२ पुस २०८१, १२ : ५०

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक डल्फिन नेट कम्युनिकेसन प्रालिको अनुमतिपत्र खारेज गरेको छ।

डल्फिन नेट कम्युनिकेसनले तोकिएको समयसीमा भित्र लाइसेन्स नवीकरण नगरेको कारण यसको लाइसेन्स पुस ६ गतेदेखि खारेज गरिएको हो।

प्राधिकरणले कम्पनीलाई ३० दिनभित्र सरकार र प्राधिकरणको बाँकी रकम तिर्ने सिलसिलामा कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ।

सोमबार, २२ पुस २०८१, १२ : ५०

प्रतिक्रिया