काठमाडौं - गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘मायामा’ सार्वजनिक भएको छ ।
टेक बिसी र अनु चौधरीको स्वर, भीम बिसीको संगीत, रिकेश गुरुङको एरेञ्ज गीतमा छ । गीतको भिडियोमा दिलीप ओखेडा र अस्मिता जुरेलीलाई फिचरिङ गरिएको छ । विक्रम चौहानको निर्देशन रहेको भिडियोमा महेश महरा र टिमको डिओपी, मीन रावलको सम्पादन र कलर छ ।
गीतको भिडियो गीतकार हरिभक्त बुढाथोकीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया