गायक प्रकाश कटुवालको लोकगीत ‘घोडा चढेर’ सार्वजनिक

शुक्रबार, २६ पुस २०८१, १६ : ४९

काठमाडौं - गायक प्रकाश कटुवाल र दुर्गा सापकोटाको स्वर रहेको लोकगीत ‘घोडा चढेर’ सार्वजनिक गरिएको छ । 

रोमान्टिक शैलीमा तयार गीतमा विनोद ढकालको शब्द तथा गायक कटुवालकै संगीत छ । गीतमा मन परेको प्रेमीकालाई जन्तीसहित घोडा चढेर लाने कुरा गरिएको छ । गीतको एरेन्ज कमल सुरगले गरेका हुन् ।

गीतको भिडियो पनि निर्माण भएको छ । भिडियोमा काजिश श्रेष्ठ, लोमस शर्मा, गीता ढुंगाना, यशु भट्टराइको अभिनय छ । दुर्गा पौडेलको छायांकन, दिपक विष्टको सम्पादन रहेको भिडियोमा कोरियोग्राफी निर्देशक काजिश श्रेष्ठको रहेको छ ।
 

 

शुक्रबार, २६ पुस २०८१, १६ : ४९

प्रतिक्रिया