चुनाव जितेपछि विवाह: थप चर्चामा अभिनेत्री नुसरत

आइतबार, १९ जेठ २०७६, १२ : २३

एजेन्सी – मोदी दोस्रोपटक प्रधानमन्त्री बने ।  विश्वभरबाट बधाई र नयाँ कार्यकालको लागि शुभकामना पाइरहेकै छन् । त्यसको अलावा बधाई र शुभकामना पाउनेहरुमा सेलीब्रेटीहरु पनि छन्  ।  हालै सम्पन्न लोकसभा निर्वाचनमा कैयौ कलाकारहरु पनि  चुनाव जितेर सांसद बने । बधाई र शुभकामना पाइरहेकै छन् ।

पश्चिम बङ्गाल राज्यबाट चुनाव लडेकी एक महिला सांसदको चर्चा पनि कम छैन ।  तृष्ण मूल  काँग्रेसबाट चुनाव जितेकी अभिनेत्री नुसरत जँहाको विशेष चर्चा भइरहेको छ ।

२९ वर्षिया बंगाली सिनेमाकी चर्चित अभिनेत्रीले चुनावका बेलामा नै विशेष चर्चा हासिल गर्न सफल भएकी थिइन् ।

 चुनाव जितेपछि नुसरतले विवाह गर्ने घोषणा गरेर फेरी चर्चामा आएकी छन् । भारतीय लोकसभामा कुल ५४२ स्थान मध्ये ७८ महिला सांसद चुनाव जितेर संसदमा पुगेका बेला केहि चर्चित सेलिब्रेटी मध्ये नुसरत समेत एक हुन् ।

नुसरतले कोलकोताकै एक व्यापारी निखिल जैनसँग छिट्टै विवाह गर्ने बताएकी छन् । मिडिया रिपोर्टमा नुसरतले टर्कीमा विवाह गर्ने योजना बनाएको उल्लेख गरेका छन् ।

सन् २०११ मा बंगाली फिल्म शोर्टूबाट सिनेमा क्षेत्रमा प्रवेश गरेकी नुसरतले २० भन्दा बढी बङ्गाली फिल्ममा काम गरेकी छन् ।

आइतबार, १९ जेठ २०७६, १२ : २३

प्रतिक्रिया