गायक प्रकाश सपुतको चलचित्र ‘वसन्त’ को पहिलो गीत सार्वजनिक

आइतबार, २८ पुस २०८१, ०९ : ५७

काठमाडौं- गायक प्रकाश सपुतको डेब्यू निर्देशकीय चलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्‍यो झमक्क’ सार्वजनिक गरिएको छ । आगामी २२ चैतदेखि प्रदर्शनमा आउन लागेको सिनेमाको गीत शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

निर्देशक प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा स्वर शान्ति श्री परियार र गायक तथा संगीतकार सपुतको सुन्न सकिन्छ । मौसम हिमालीको कोरियोग्राफी तथा प्रविन भट्टको सम्पादन रहेको गीतमा गायक तथा निर्देशक प्रकाश सपुतले बागलुङ जिल्ला आसपासमा परिचित यानिमाया, सालैजो र घाँसदाउरा अनि मेलापातमा प्रयोग हुने टिपिकल ग्रामीण परिवेश देखाएका छन् ।

गीतको भिडियोमा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी र खड्कबहादुर पुन ९खबपु० फिचर्ड छन् । सिनेमामा अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् ।  

सिनेमा निर्मातामा मोहन विश्वकर्मा र विन्दु बोहरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ छन् । सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् ।

काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले सिनेमालाई वितरण गर्नेछन् ।

आइतबार, २८ पुस २०८१, ०९ : ५७

प्रतिक्रिया