माघे संक्रान्तिका दिन ‘मुटुको कथा’ सार्वजनिक हुने

आइतबार, २८ पुस २०८१, १८ : ४३

काठमाडौं - वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्र कोजुको ‘मुटुको कथा’ माघ १ गते माघे संक्रान्तिका दिन सार्वजनिक हुने भएको छ ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो २ः३० बजे आयोजना हुने विशेष कार्यक्रमका बीच उक्त कृति पाठकमाझ आउँदै छ। कृति लोकार्पण कार्यक्रममा डा. सन्दुक रुइत, डा. भगवान कोइराला, डा.स्मृति शाक्य, डा. रामकण्ठ माकाजु, हरिवंश आचार्यलगायत विशिष्ट अतिथिका रूपमा सहभागी हुने भएका छन्। 

कृति सार्वजनिक गर्ने कार्यक्रममा समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको पनि सहभागिता हुने प्रकाशक बुकहिलले जनाएको छ। दुई दशकभन्दा बढी चिकित्सकीय अनुभव बोकेका डा.कोजु साहित्य र जानकारीमूलक लेखनमा पनि उत्तिकै सक्रिय हुने गर्दछन् । विभिन्न माध्यमहरूमा उनका रचना प्रकाशित हुँदै आएका छन्। उनी धुलिखेल अस्पतालमा कार्यरत रहेका छन् ।

 
 
आइतबार, २८ पुस २०८१, १८ : ४३

प्रतिक्रिया