समीक्षा र गोविन्दले ल्याए ‘भिसा हातैमा’ मार्फत युवा पलायनको पीडा (भिडियो)

सोमबार, २९ पुस २०८१, ११ : ०२

काठमाडौं- गायक गोविन्द गौतमले आफ्नो नयाँ गीत ‘भिसा हातैमा ’ सार्वजनिक गरेका छन् ।गोविन्दकै शब्द ,संगीत रहेको गीतलाइ रोशन बालुवाले एरेन्ज गरेका हुन् । गीत गायनमा गोविन्दलाइ चर्चित गायिका समीक्षा अधिकारीले साथ् दिएकी छिन ।

मुलुकमा अहिले भइरहेको युवा पलायन र त्यसबाट परिवारमा परेको प्रभावको  दर्दनाक कथा देखाइएको गीतको भिडियोमा यशु भट्टराई ,नविन गौतमको मुख्य भूमिकामा रहेको छ । 

यसमा गुणराज श्रेष्ठ ,अन्जु चौलागाई , दीपक गौतम र करिना खड्काको समेत अभिनय रहेको छ ।  प्रमोद के भण्डारीको निर्देशनमा बनेको भिडियोलाइ  करण चैसिरले  छायांकन र टेकेन्द्र शाहको सम्पादन गरेका हुन् । भिडियोलाई ‘मौलिक रोधीघरु  युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सोमबार, २९ पुस २०८१, ११ : ०२

प्रतिक्रिया