काठमाडौं- नेपाली गीत संगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘विराट म्युजिक एन्ड फिल्म अवार्ड’को तेस्रो संस्करणको नोमिनेसन सार्वजनिक गरिएको छ । सङ्गीतको २४ विधा र फिल्मको ७ विधा गरी जम्मा ३१ विधामा नोमिनेसन सार्वजनिक गरिएको कार्यक्रम संयोजक सुरज पौडेलले बताए ।
अवार्डको फाइनल माघ १० गते काठमाडौँमा हुनेछ । अवार्डको भिडमा आफ्नो छुट्टै पहिचान बोकेको ‘विराट म्युजिक एन्ड फिल्म अवार्ड’को पहिलो र दोस्रो संस्करण भव्य र सभ्य रूपमा काठमाडौँमा सम्पन्न भएको थियो ।
सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजन रहने अवार्डमा यो वर्ष २०८० सालमा प्रदर्शनमा आएका फिल्म र गीत संगीत समावेश गरिएको छ ।
प्रतिक्रिया