शिक्षक सेवा आयोगद्वारा दुई सदस्यका लागि दरखास्त आह्वान

मंगलबार, ०१ माघ २०८१, १२ : ०१

काठमाडौं - शिक्षक सेवा आयोगको दुई सदस्य नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।  

एक महिलासहित दुई सदस्य नियुक्तिका लागि सिफारिस समितिद्वारा स्वीकृत ‘शिक्षक सेवा आयोगका सदस्य नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८१’ बमोजिम १५ दिनको समय दिएर मंगलबार दरखास्त आह्वान भएको हो ।  

दरखास्त फाराम शिक्षा मन्त्रालयको वेबसाइटमार्फत पाउन सकिनेछ भने आवेदन मन्त्रालयको शिक्षालय शिक्षा शाखामा बुझाउन सकिने सूचनामा उल्लेख छ।

6785fe2d98735.JPG

 
मंगलबार, ०१ माघ २०८१, १२ : ०१

प्रतिक्रिया