फिल्म ‘महाराजधिराज’को फस्टलुक पोस्टर सार्वजनिक

मंगलबार, ०१ माघ २०८१, १३ : ४४

काठमाडौं - माघे सङ्क्रान्तिको अवसर पारेर फिल्म ‘महाराजधिराज’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । 

छत्रेश्वरी म्यानेजमेन्ट प्रा।लिको प्रस्तुति रहेको फिल्मको फष्टलुक्स पोष्टरमा ‘अनेकौँ समस्या म देख्छु जगत्मा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ राखिएको छ । पोस्टरमा दुई जना कलाकार देखिएका छन् । एक जना राजर्षि पहिरनमा रहेको देखिन्छन् भने अर्का व्यक्ति नग्न अवस्थामा प्रस्तुत गरिएको छ । 

राजर्षि पहिरनमा रहेका व्यक्तिले शिरमा श्रीपेच र हातमा राजदण्ड बोकेर उभिएका छन्, जसले उनी राजा भएको सकेंत गर्दछ । उनको अगाडि कुर्सीमा बसेका नग्न व्यक्ति शारीरिक रूपमा निकै कमजोर देखिन्छन् । फिल्ममा दुवै पात्र पल शाहले निभाएका छन् । 

फिल्मको निर्मातामा निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन् । फिल्मको दसैँको फूलपातीमा आउने निर्माण टिमले बताएको छ । फिल्मको बारेमा विस्तृत जानकारी केहीपछि दिने निर्माण युनिटले जनाएको छ ।

 
मंगलबार, ०१ माघ २०८१, १३ : ४४

प्रतिक्रिया