प्रा.डा. राजेन्द्र कोजुको ‘मुटुको कथा’ पुस्तक सार्वजनिक

मंगलबार, ०१ माघ २०८१, १८ : ३८

काठमाडौं - वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. राजेन्द्र कोजुको पुस्तक ‘मुटुको कथा’ माघे सङ्क्रान्तिको अवसर पारेर  सार्वजनिक गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा मगंलबार अपराह्न आयोजित भव्य समारोहमा उक्त पुस्तकलाई सार्वजनिक गरिएको हो ।
कोजुको व्यक्तिगत अनुभव, मुटुरोग सम्बन्धी ज्ञान र आख्यानको मिश्रणले भरिपूर्ण छ । 

यस पुस्तकले मुटु तथा स्वास्थ्यका विविध पक्षबारे जानकारी मात्र नभई स्वास्थ्यप्रति जनचेतना अभिवृद्धिमा योगदान पुर्‍याउने उद्देश्य राखेको छ । 

 
मंगलबार, ०१ माघ २०८१, १८ : ३८

प्रतिक्रिया