गायिका सुनिता दुलालको गीत ‘ओ बड्डा सार्वजनिक

बुधबार, ०२ माघ २०८१, १३ : २०

काठमाडौं - गायिका सुनिता दुलालको नयाँ गीत ‘ओ बड्डा सार्वजनिक गरिएको छ । 

उनले आफ्नो अफिसियल युट्युब मार्फत सार्वजनिक गीत गायनमा उनलाई चक्र बमले साथ दिएका छन् । शब्द तथा सङ्गीत समेत चक्र बमकै रहेको गीत श्यामश्वेत रसाइलीले एरेन्ज गरेका हुन् ।

सुदुरपश्चिमेली शैलीमा तयार गीतको भिडियोमा गायिका दुलालको समेत अभिनय छ । उनलाई अभिनयमा अञ्जली अधिकारी, दिलीप रायमाझी र चक्र बमले साथ दिएका छन् । 

निकै आकर्षक तवरबाट डान्सिङ शैलीमा तयार गीतको भिडियोको कोरियोग्राफी तथा निर्देशन गम्भीर बिष्टले गरेका हुन् । भिडियोमा नवराज उप्रेतीको छायाङ्कन र प्रविन भट्टको सम्पादन रहेको छ । 

 
बुधबार, ०२ माघ २०८१, १३ : २०

प्रतिक्रिया