फिल्म ‘सारंग’ को टिजर सार्वजनिक

शुक्रबार, ०४ माघ २०८१, १२ : २७

काठमाडौं - प्रशान्त तामाङ निर्देशित फिल्म ‘सारंग’ माघ २५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले  टिजर सार्वजनिक गरेको हो । 

कोरियोग्राफर समेत रहेका निर्देशक तामाङ स्वयम्को लेखन रहेको फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, नीरज ब्ल्याक, विश्व स्याङ्बो, दीपिका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठका साथमा बालकलाकारद्वय सम्राट् थापा र आदित्य कार्कीको अभिनय छ । 

स्को ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ हुन् । पुष्पा लिम्बू र बिनु गुरुङ सहनिर्माता रहेको फिल्मका गीतमा शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको सङ्गीत, सुष्मा राईको कोरियो ग्राफी छ । 

फिल्मको डिओपी गोपाल राय हुन् । मित्र डि गुरुङले सम्पादन गरेको फिल्म स्टेसन ५ ले वितरण गर्दै छ । 

 

 
शुक्रबार, ०४ माघ २०८१, १२ : २७

प्रतिक्रिया