तेस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सव चैत ६ गतेदेखि

शुक्रबार, ०४ माघ २०८१, १३ : २५

काठमाडौं - नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट)को तेस्रो संस्करण चैत ६ गतेदेखि हुने भएको छ । 

मण्डला थिएटरको आयोजनामा हुने निटफेस्ट विश्व रङ्गमञ्च दिवसका दिन चैत १४ गते समापन हुनेछ । अवधारणगत रुपमा तेस्रो निटफेस्ट ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो’ भन्ने नाराका साथ हुने छ भने निटफेस्टले महोत्सव निर्देशकका रुपमा कलाकार दयाहाङ राईलाई चयन गरेको छ । 

मण्डला थिएटर नेपाल तथा निटफेस्ट संयोजन समूहले कलाकार राईलाई महोत्सव निर्देशकको रुपमा चयन गरेको हो । साथै महोत्सव संयोजकको रुपमा रङ्गकर्मी केदार श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । यस पटकको निटफेस्ट काठमाडौंको मण्डला थिएटर सँगसँगै काठमाडौंबाहिर पनि विभिन्न सहरमा हुने गरी तयारी भइरहेको आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

महोत्सवका लागि गत जुनमा नाटक तथा कार्यक्रमको आवेदन आह्वान गरिएको थियो । प्राप्त आवेदनहरूबाट नाटक तथा कार्यक्रम छनौट कार्य पनि सकिएको जनाइएको छ । 
 

 
शुक्रबार, ०४ माघ २०८१, १३ : २५

प्रतिक्रिया