फिल्म ‘एक्लो’को विजय लामाको क्यारेक्टर पोष्टर सार्वजनिक

आइतबार, ०६ माघ २०८१, १५ : २६

काठमाडौं - फिल्म ‘एक्लो’को विजय लामाको क्यारेक्टर पोष्टर सार्वजनिक भएको छ ।

साइन्स फिक्सनमा आधारित फिल्मको पोस्टरमा लामालाई वृद्ध गेटअपमा देखाइएको छ । फिल्म प्रदीप शाहीले निर्देशन गरेका हुन् । शाहीको यो तेस्रो निर्देशन रहेको फिल्म हो । लामो समयदेखि बेलायत बस्दै आएका शाहीले ‘एक्लो’लाई हलिउड स्तरको बनाउन लण्डनमा पोस्ट प्रोडक्सन गरिरहेका छन् । 

फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री , विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिङ लगायत बेलायती अभिनेता जेमी बेकनको समेत अभिनय छ । 

एक्लोका निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज रहेका छन् । बाबु श्रेष्ठको छायाकंन रहेको फिल्ममा राजु तामाङको द्वन्द्व निर्देशन छ ।
 

 
आइतबार, ०६ माघ २०८१, १५ : २६

प्रतिक्रिया