काठमाडौं - भारतीय टेलिभिजन अभिनेता करणवीर मेहरा रियालिटी शो ‘बिग बोस-१८’ को विजेता बनेका छन्।
विजेता बनेसँगै उनले सुनको ट्रफीसहित ५० लाख भारु नगद पाए। गत वर्ष पनि उनले अर्को शो ‘खतरों के खिलाडी-१४’ को उपाधि पनि जितेका थिए। करणवीरले भिभियन डिसेना, रजत दलाल, अविनाश मिश्र, ईशा सिंह र चुम दराङलाई पराजित गर्दै उपाधि हात पारेका हुन्।
फिनालेमा सबैभन्दा पहिले इशा सिंह बाहिरिएकी थिइन् भने त्यसपछि कम मत पाएकी चुम दराङ बाहिरिइन्। अविनाश मिश्र बाहिरिएपछि भिभियन, करण र रजत दलाल टप ३ मा रहे। दिल्लीका करणवीर मेहराले टिभी शो, वेब सिरिज र फिल्ममा काम गरेका छन्। सन् २००५ मा उनले अभिनय करिअर सुरुवात गरेका थिए।
प्रतिक्रिया